काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए । ‘मलेसिया…