विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रामअवतार यादवमाथि १३ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। आरोप सार्वजनिक भएपछि उनलाई सीआरभी युनिटको नेतृत्वबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ। घटना अनुसार सुनसरीको देवानगन्ज गाउँपालिका–७ निवासी इन्द्रदेव यादवसँग घुस लिएको आरोप लागेको हो। इन्द्रदेव आफ्नो आफन्तलाई दिएको सापटी रकमवापतको…