काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् ।सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गर्दै जिम्मेवारीका सन्दर्भमा पछि सल्लाह गर्ने बताएका हुन् ।‘जो जो आज उज्यालो पार्टीसँग जोडिनुभएको…