काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् । तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ ।…