हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक खरिद सम्बन्धी प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानून निर्माण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आज हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खरिद प्रक्रियामा रहेका ढाँचालाई सरलीकृत गर्ने स्पष्ट पारे । ‘सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि…