काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको तयारीका क्रममा गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अनुपस्थितिले अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको विषयमा यस्तो आक्रोश पोखेका हुन् । “सम्पूर्ण तयारी पूरा भएपछि प्रधानमन्त्रीले म आउँदिनँ, दीक्षान्त सार भनेर…