काठमाडौं । सचिव बढुवामा वरीयता मिचिेको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न उनको माग थियो । पहिलो नम्बरमा सिफारिस भएकी…