काठमाडौं । राष्ट्रिय सूचना आयोगले चौथौ कार्यकालको तीन महिनामा भए गरेका कामहरु सार्वजनिक गरेको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै तीन महीनाको अवधीमा स्थानीय तहदेखि राजनीतिक दलका नेतृत्व तहसम्म सूचनाको अधिकारका बारेमा संबाद गर्ने, नियमित इजलाशबाट गरिने आदेश र फैसलाहरुलाई तीव्रता दिने, सूचना अभियन्ताहरुसँग निरन्तर संवादमा रहने जस्ता कामहरु गरेको जानकारी गराएको हो ।…