काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मंगलबार (कात्तिक २५) जारी विज्ञप्तिमार्फत मुभमेन्टले मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको संलग्नतामा भारतको कम्पनी पीटीसी इन्डियासँग गैरकानुनी विद्युत् खरिद सम्झौता भएको आरोप लगाएको छ । उक्त सम्झौताबाट करिब ४३ करोड रुपैयाँबराबरको नोक्सान…