काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् । पार्टीका सदस्य हरि ढकालले २८ दिनपछि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउने…