Logo

बत्तीसपुतलीमा सम्साँझै छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । शनिवार साँझ करिब ७ : ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो ।…