रसुवा । गत असार २४ गते रसुवामा आएको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको परिवारले एक महिनासम्म खोजीमा कुनै सफलता नपाएपछि उनलाई मृत घोषित गर्दै शुक्रवार कुशको शव बनाएर दाहसंस्कार गरेको छ। ठाकुर रसुवास्थित नेपाल–चीन सीमामा ड्युटीमा खटिएका बेला ल्हेन्दे खोला र भोटेकोशी खोलाको संगमस्थलमा आएको बाढीले बेपत्ता भएका थिए। उक्त बाढीले सीमावर्ती…