काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो । शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु…