रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन । बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सो निर्देशन दिएका हुन् । योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि, राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले…