काठमाडौं । नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा.फणिराज पाठक,…