जनकपुर । जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक र्याली निकालिएको छ । जानकी मन्दिर परिसरबाट सुरु भएको उक्त र्यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो…