काठमाडौं। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ। युनाइटेडका प्रतिनिधि टोलीले आइतबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी गभर्नर पौडेलको नियुक्ति अयोग्य रहेको दाबी गर्दै बर्खास्तीको मागपत्र बुझाएको हो। जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नर पदका लागि आवश्यक योग्यता, विज्ञता र अनुभव डा. पौडेलसँग नभएको आरोप लगाए।…