काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरुको सुरक्षा र स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको छ । बुधबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडाैं महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने…