म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिमस्थित पाँच दशकदेखि बन्द तामाखानी उत्खननका लागि औपचारिक अध्ययन प्रक्रिया सुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाको भण्डारण तथा उत्खनन सम्भाव्यताबारे प्रारम्भिक मूल्यांकन गर्दै अध्ययन थालिएको जनाइएको छ। धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार हालै भूगर्भविद् सम्मिलित टोलीले तामाखानी क्षेत्रको पहिलो चरणको स्थलगत निरीक्षण सम्पन्न…