काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले सोधेको स्पष्टीकरण नदिने स्पष्ट पारेका छन्। मेयर शाहको निजी जीवन र सार्वजनिक प्रतिष्ठामा आँच पुग्नेगरी विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिएको आरोपमा सचिवालयले मानन्धरसँग जेठ ८ गते स्पष्टीकरण मागेको थियो। तर अध्यक्ष मानन्धरले उक्त स्पष्टीकरण औचित्यहीन भएको बताउँदै अस्वीकार गरेका हुन्।…