मुगु । लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर शाही निर्वाचित भएका छन् । शुक्रबार मुगुको सदरमुकाम गमगढीमा सम्पन्न भएको लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट शाही सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्ष द्धय कर्मा तामाङ लामा, तिर्थराज चौलागाई, महासचिवमा अर्जुनकुमार केसी, उपमहासचिवमा द्धय सुरेन्द्र रावल, राकेश रोकाया, कोषाध्यक्षमा जयन्द्रबहादुर शाही…