Logo

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ । नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो । अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ…