काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ। अन्य प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहने विभागले जानकारी दिएको छ।…