हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ । हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहार संकलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ…