काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगन्जस्थित इलाका प्रशासन कार्यालयमा ई–पासपोर्ट जारी गर्ने प्रक्रियामा घुस लिएर उमेर गडबडी गरिदिएको आरोपमा १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको मुद्दामा कार्यालयका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल तथा…