पर्सा । पर्साको वीरगन्ज कारागारमा मंगलबार रातिदेखि कैदीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । कैदीहरूले कारागारभित्र रहेका विभिन्न जिन्सी सामान जलाउँदै दक्षिण भागको पर्खालमा प्वाँल पारेर भाग्ने प्रयत्न गरेका थिए । सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रण लिन सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । अवस्था तनावग्रस्त भएपछि…