काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत अवलोकन गरेका थिए । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए ।…