काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य भएको बताएका छन्। उनले नागरिकको विश्वास गुमाउनुमा आत्मसमीक्षा आवश्यक रहेको भन्दै नयाँ पुस्ताले कांग्रेसलाई नपसन्द गरेको स्वीकार गरे। थापाले भिडियो सन्देशमार्फत भने, “नागरिकको विश्वास किन टुट्यो भन्नेबारे उत्तर खोज्नु मात्र होइन, ठोस कदम चाल्नुपर्छ।” उनका अनुसार कांग्रेसको “अनुहारमा दाग लागेको” छ र “ऐना पुछेर मात्र…