काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले…