काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारको प्रस्तुती दिनप्रतिदिन खस्किँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारको प्रस्तुती दिनप्रतिदिन नराम्रो हुँदै गएको भन्दै जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस पनि बढ्दै गएको बताएका हुन् । उनले भने, ‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति…