काठमाडौं । संविधानविद् डा. सुरेन्द्र भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङलाई मानवताविरोधी अपराधमा तत्काल मुद्दा चलाउनुपर्ने माग गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले जेन–जी आन्दोलनका क्रममा प्रहरी गोलीबाट ठूलो मानवीय क्षति भएकाले नयाँ सरकार बनेको दिनमै उनीहरूलाई गिरफ्तार गर्नुपर्ने बताए। आन्दोलनका क्रममा हालसम्म…