काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै आयोगले कैदीबन्दीहरु कारागारबाट भाग्दा अपराध पीडितको अधिकार हनन हुने भएकाले कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको हो ।…