Logo

इजरायलले गाजाबाट इजिप्ट जाने सीमा नाका खोल्ने तयारी

जेरुसेलम। इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सीमा नाका खोल्दै गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने तयारी गरेको छ। इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो। कोगाटका अनुसार, सीमा सञ्चालन युद्धविराम सम्झौता अनुसार र इयूको सीमा सहायता मिसनको सुपरिवेक्षणमा हुनेछ। यसअघि जनवरी २०२५ मा छ हप्ताको युद्धविरामको समयमा यो नाका छोटो…