काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले अगाडि बढेको बताएका छन् । सोमबार काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताए । उनले भने,‘राजधानीबासीहरुको…