काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन। समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने छ। चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक…