रामेछाप । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित रामेछापको मन्थलीमा भलिबल प्रशिक्षकहरूको लागि एक हप्ते आधारभूत तालिम सुरु भएको छ । असार ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तालिममा रामेछाप, सिन्धुली र दोलखा जिल्लाका स्थानीय तहमा कार्यरत भलिबल प्रशिक्षकहरूको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३…