काठमाडौं । संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्दै विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘हामीले…