काठमाडौं । आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै युवा नेता राम कुमार बस्नेत (आर.के.) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसदका रूपमा सिफारिस भएका छन् । शाही युवा शक्तिबाट राप्रपामा आबद्ध भएका बस्नेत पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । उनलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवारका रूपमा पार्टी नेतृत्वले अगाडि बढाएको हो…