काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् । मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको…