दोलखा । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो ऐक्यबद्धता जनाएका हुन् । हाल ओराङमा सडकको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती…