झापा । झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा भइरहेको ढिलाइबारे पार्कका अध्यक्ष गोविन्द थापाले गम्भीर टिप्पणी गरेका छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले औद्योगिक पार्क निर्माणमा भएको ढिलाइ नेपालको कारणले नभई ‘वैदेशिक अवरोध’का कारण भएको दाबी गरेका छन् ।कूटनीतिक संवेदनशीलताका कारण अहिलेसम्म खुला रूपमा बोल्न नसकेको…