न्यूयोर्क । क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रवार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो। विराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआई), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको सङ्गममा एक प्रखर…