काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतविरुद्धको खेललाई प्रतिष्ठाको लडाइँका रूपमा लिँदै टोली तयारी अवस्थामा रहेको बताएकी छन् । आज हुने अन्तिम खेलमा नेपालले भारतको सामना गर्दै छ । आइतबार प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान सावित्राले अघिल्ला खेलका कमजोरी सुधार्दै जितका लागि पूर्ण तयारी भएको बताइन् ।…