काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी रञ्जु दर्शनाको जित महिलाको सार्वजानिक भूमिका माथि गरिएको शंकाको उत्तर रहेको बताएकी छन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा गर्भवती महिला नेतालाई संसद बन्ने लोभले बच्चालाई भन्दा पदलाई प्राथमिकता…