रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्र पठाएको छ । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेका सबैले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही…