Logo

Breaking News 1

आज विश्व कला दिवस मनाइँदै



काठमाडौं । आज विश्व कला दिवस मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व कला दिवस मनाइँदै छ ।

यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल २०१२ मा मनाइएको थियो । त्यसपछि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ०९ बजे