जनकपुर । जनकपुरधामसहित धनुषा जिल्लाभर निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । ८ सुत्रीय मागसहित आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार उनीहरुले आज जनकपुरधामको प्रवेशस्थल रामानन्द चोकमा सडक अवरुद्ध गर्नुका साथै निजी अस्पतालहरु अगाडि नाराबाजी गरेका छन् । उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न…