काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् । उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न…