काठमाडौं । जेनजी अभियानसँग जोडिएका अभियन्ता मिराज ढुंगानाले मुलुक राजनीतिक अनिश्चिततामा रहेको भन्दै सर्वपक्षीय वार्ता बिना निर्वाचनमा जान नहुने बताएका छन्। नागरिक समूहद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान संकट समाधानका लागि सबै पक्षलाई समेटेर राजनीतिक सहमति खोजिनुपर्ने आवश्यकता दोहोर्याए। ढुंगानाले हालको अवस्थालाई सामान्य मान्न नसकिने उल्लेख गर्दै “सर्वपक्षीय वार्ताबाट निकास खोज्नुअघि निर्वाचनतर्फ अघि बढ्नु…