बर्दिया । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् । परिवारले बाध्यताले मृत्यु दर्ता गराएको वा न्यायीक मृत्यु घोषणा गराएको भएपनि उनीहरूको खोजविन गरि अवस्था सार्वजनिक गर्ने बताएकी हुन् । १५ औँ अन्र्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दिया…